Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


रास्वपाको प्रथम महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी

उपसभापतिमा वाग्ले निर्विरोध निर्वाचित , महामन्त्रीका ५ उम्मेदवारले गरे विपिन आचार्यलाई समर्थन

91
Shares

काठमाडाैं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी रहेकाे छ।

९९ सदस्यीय केन्द्रीय समितिको मतपरिणाम आइसकेपछि दोस्रो चरण अर्न्तगत पदाधिकारि चयनकका लागि मतदान जारी रहेका हाे । तर केन्द्रीय सदस्यको निर्वाचन जस्तै पदाधिकारीको निर्वाचन पनि ढिलो गरी शुरु भएकाे हाे । बिहीबारनै पदाधिकारीको पनि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएपनि शुक्रबार पनि ढिला गरी शुरु भएको छ।

बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म पनि पदाधिकारी चयनका लागि आन्तरिक सहमतिको प्रयास जारि राखिएको थियो । तर सहमति हुन नसकेपछि निर्वाचन प्रक्रिया शुरु भएको हो । उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुँदा महामन्त्रीमा आकांक्षीको लर्को लागेको थियो । आकांक्षीमध्ये ५ जनाले विपिन आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । रञ्जु दर्शना, जगदिश खरेल, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली र प्रमोद न्यौपानेले आचार्यलाई समर्थन गरेका हुन् ।

उपसभापति पदका आकांक्षी विराज भक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिँदै प्रस्ताव गरेपछि वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै सोविता गौतम र तोसिमा कार्कीले महिलातर्फको उपसभापतिका लागि प्रतिस्पर्धा गरेका छन् । त्यस्तै, दुई सहमहामन्त्रीका लागि हरि ढकाल, पुकार बम, असिम शाह, निशा डाँगी र रिमा विश्वकर्मा पनि प्रतिस्पर्धामा रहेका हुन् ।

रास्वपामा उपसभापति–१, महामन्त्री–१, सह–महामन्त्री– २, प्रवक्ता–१, सह–प्रवक्ता–३, कोषाध्यक्ष–१, सह–कोषाध्यक्ष–२ मनोनित हुने भएकाे छन् ।