Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


नागरिकता दिन सकिएला तर राष्ट्रपति, सेनापति बनाउन सकिँदैन : ओली


0
Shares

                                                          फाइल फोटो

ललितपुर, भदौ ३० । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, स्वास्थ्य र प्रविधिको विकास अहिलेको आवश्यकता भएको बताएका छन् ।

एमाले जिल्ला कमिटीले विहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले शिक्षा, स्वास्थ्य र प्रविधिको विकासमा जोड नदिइ मुलुकको विकास सम्भव नभएको बताएका हुन् ।

कक्षा १२ मा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु मुलुककै लागि ठूलो क्षति हो भन्दै उनले स्वास्थ्य क्षेत्रमा भएको एकाधिकार हटाउन पनि ध्यान दिन आवश्यक भएको बताए ।

वंशजका आधारमा नागरिकता पाएकाबाहेकलाई राष्ट्रका महत्वपूर्ण अंगमा प्रमुख जिम्मेदारी दिन नसकिने चर्चा गर्दै उनले भने–‘सबै विवरण पूरा गरेकालाई नागरिकता दिन सकिएला तर राष्ट्रपति, सेनापति वा संवैधानिक अंगका प्रमुख बनाउन सकिँदैन ।’

विश्वका अरु मुलुकका तुलनामा पनि हाम्रो संविधान समावेशी र सबैका लागि मान्य रहेको चर्चा गर्दै अध्यक्ष ओलीले भने–‘९२ प्रतिशतले हस्ताक्षर गरेको संविधान भएकाले यसलाई अस्वीकार गर्नुको अर्थ छैन ।’

एमाले सधैं अखन्डता र विकासको पक्षमा उभिएको बताएका अध्यक्ष ओलीले पार्टीका विभिन्न तहमा रहेर काम गरिरहेकाले पनि देशको समृद्धिका विषयमा सोच्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अरु पार्टीका झन्डै ५० जना एमाले प्रवेश गरेका थिए । रासस