४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


तरुण दलको महाधिवेशन ‘कात्तिक २७ देखि’


0
Shares

काठमाडौं, भदौ ३० । नेपाल तरुण दलको चौथो महाधिवेशन आगामी कात्तिक २७ गतेदेखि हुने भएको छ ।

तरुण दलको महाधिवेशन आगामी कात्तिक २७ देखि २९ गतेसम्म हुने मिति तय भएको निर्देशन समितिका सदस्य रामकृष्ण यादवले राससलाई जानकारी दिए ।

समितिको विहीबार बसेको बैठकले आगामी असोज १५ गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्न तरुण दललाई निर्देशन दिएको छ ।

सो अवधिमा जिल्ला अधिवेशन सम्पन्न हुननसकेमा निर्देशन समितिले हस्तक्षेप गरी कात्तिक १० गतेसम्म विवादित सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने भएको छ ।

केही जिल्लामा देखिएको विवादका कारण समयमै जिल्ला अधिवेशन हुन नसक्ने देखिएपछि महाधिवेशनको मिति सारिएको हो ।

यसअघि, सो महाधिवेशन आगामी असोज ३ देखि ५ गतेसम्म पोखरामा हुने भनिएको थियो ।

हालसम्म ६२ जिल्ला अधिवेशनमात्र सम्पन्न भएको र अरु जिल्लामा हुनेक्रममा रहेको अध्यक्ष उदयसम्शेर राणाले जानकारी दिए ।

यसअघि पनि भदौ २४ देखि २६ गतेसम्मको मिति तोकिएपनि तयारी नपुगेको भनी पछाडि सारिएको थियो ।

दुई कांग्रेस एकीकरणपछि वि.सं. २०६९ वैशाख २ गते तत्कालीन सभापति सुशील कोइरालाले ६ महिनाका लागि भनेर गठन गरेको तदर्थ समितिले हालसम्म महाधिवेशन गर्न सकेको छैन । रासस