Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


‘न्यूनतम् पारिश्रमिक कार्यान्वयन गराउन सशक्तरुपमा लाग्छौं’


0
Shares

पाल्पा, भदौ ३० । नेपाल पत्रकार महासंघको केन्द्रीय भेला विहीबार पाल्पाको तानसेनमा सम्पन्न भएको छ ।

देशभरका शाखा तथा प्रतिष्ठान अध्यक्षहरु तथा केन्द्रीय सदस्यहरुको संयुक्त भेलाको विहीबार बिहान पूर्वसन्चारमन्त्री डा. मीनेन्द्र रिजालले उद्घाटन गरेका थिए ।

भेलालाई सम्बोधन गर्दै मन्त्री रिजालले पत्रकारहरुको न्यूनतम् पारिश्रमिक लागू गराउन नेपाली कांग्रेस क्रियाशील रहेको बताए ।

यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले न्यूनतम् पारिश्रमिक कार्यान्वयन गराउन महासंघ सशक्तरुपमा लाग्ने बताए ।

कार्यक्रममा पूर्वमन्त्री सोमप्रसाद पाण्डे, न्यूनतम् पारिश्रमिक निर्धारण समितिका संयोजक पोषण केसी, पूर्वअध्यक्ष डा. सुरेश आर्चाय, धमेन्द्र झा, पूर्वमहासचिव ओम शर्मा, नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलगायतले न्यूनतम पारिश्रमिक र समानुपातिक विज्ञापन नीति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए ।

भेलाले महासंघको संशोधित विधान, पत्रकार आचारसंहिता, न्यूनतम् पारिश्रमिक, पत्रकार सुरक्षा, बिमा, व्यावसायिक पत्रकारिता, पत्रकार शुद्धिकरणको विषयमा निर्णय गरेको छ ।