२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


दसैंका लागि खसीबोका खरिद–बिक्री सुरु


0
Shares

सिन्धुली, भदौ ३१ । दसैंका लागि पूर्वी नाकाबाट खसी बोका भित्र्याउने व्यापारीहरुको चहलपहल सुरु भएको छ ।

सिन्धुलीका ग्रामिण क्षेत्रका पशुपालक किसानहरुले पनि खसी तथा बोका बिक्री गर्न थालेका छन् । व्यापारीहरुले यस वर्षको दसैंका लागि सिन्धुलीमाडीबाट राजधानी काठमाडौं, पोखरा, जनकपुरलगायतका विभिन्न सहरमा करिव ४४ हजार खसी बोका निर्यात गर्ने तयारी गरेका छन् ।

सिन्धुलीमाडी बजारमा बिक्री वितरण हुने खसीबोका निरोगी हुने र मासु खानसमेत लायक हुने भएकाले यहाँ खसीबोका खरिद गर्नेहरुको घुईचो लाग्ने गरेको छ ।