 
	    काठमाडौं, असार २५ । ४१ दिनदेखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीले सरकारले आफूसँग विगतमा गरेको सहमति कार्यान्वयनको सुनिश्चितता नगरेसम्म अनशन नतोड्ने अडान लिएकी छन् ।
उनले सरकारले आफुसँग तपाईले न्याय पाउनुभयो भनेर जानकारी गराएपछि मात्र अनशन तोड्ने बताएको अधिकारकर्मी चरण प्रसाईले जानकारी दिए ।
गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त भनिएका गोरखा फुजेलका ७८ वर्षीय छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए । अदालतको आदेशमा उनलाई आइतबार नै डिल्लीबजार सदरखोरमा पठाइएको छ ।
पौडेललाई जेल चलान गरिए पनि विगतमा जस्तै अदालतबाट छुट्ने आशंका गर्दै गंगामायाले कारवाहीको सुनिश्चितता नभएसम्म अनशन जारी राख्ने अडान लिइरहेकी छन् । तर, सरकारले भने अधिकारीको मागबमोजिम अदालतको आदेश कार्यान्वयनका क्रममा अभियुक्तलाई कारागार चलान गरिएकाले कानूनी कारवाहीलाई अब बन्देज नरहेको जवाफ मानव अधिकारकर्मीमार्फत गंगामायासमक्ष पठाएका छन् ।
अब अदालतको अन्तिम फैसला सबैका लागि मान्य हुने सरकारको भनाइ छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्