
काठमाडौं, असोज ८ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन आईएससँग आवद्ध रहेको भन्दै मलेसियाबाट डिपोर्ट गरिएका नेपाली नागरिक धरौटीमा छुटेको खुलेको छ ।
मलेसियामा होटल व्यवसाय संचालन गरेर बसेका महेन्द्रजंग शाहलाई नक्कली कागजपत्र बनाएर आईएसलाई सघाएको आरोपमा मलेसिया सरकारले पक्राउ गरी २० दिनअघि नेपाल डिपोर्ट गरेको थियो ।
उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले भदौ १७ मा विमानस्थलबाटै नियन्त्रणमा लिएर सार्वजनिक अपराधको अभियोगमा हिरासतमा राखेको खुलेको हो ।
महाशाखाको हिरासत हिरासतमा ११ दिन बसेर उनी जिल्ला प्रशासन काठमाडौंको आदेशमा भदौ ३० मा ६ हजार धरौटी बुझाएर मुक्त भएका हुन् ।
महाशाखाका प्रबक्ता सहकुल थापाका अनुसार मलेसियामा रहेको नेपाली दुताबासले शाह डिपोर्ड हुँदै गरेको जानकारी गराए पनि डिपोर्ड हुनुको कारण खुलाएको थिएन् ।
दुताबासको जानकारीका आधारमा उनलाई विमानस्थलबाट नियन्त्रणमा लिई अनुसन्धानका लागि ११ दिनसम्म हिरासतमा राख्दासमेत जानकारी नआएपछि जिल्ला प्रशासनमा बुझाएको थापाले जानकारी दिए ।
कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्