
काठमाडौं, असोज ८ । दसैं तिहारको छुट्टीमा अधिकांश विद्यार्थी, साथीभार्इ र आफन्तसँग रमाइलो गर्न मन पराउँछन् । तर, बझाङ चिरबुंगल क्षेत्रका विद्यार्थी भने यही बेला भारत पस्छन् मजदुरी गर्न ।
दसैं तिहारमा हुने लामो विदालाई उनीहरूले केही रकम कमाउने अवसरका रूपमा लिन्छन् र एक महिना भारतको उत्तराञ्चलमा मजदुरी गरेर लुगाफाटो र मरमसला जोडेर फर्कन्छन् ।
अर्धवार्षिक परीक्षापछि असोज १३ गते दसैं विदा भएर विद्यालय एकैपटक कात्तिक १७ गते खुल्ने जानकारी पाएपछि देवेश्वरी उच्च मावि, देउखेलमा पढ्ने सात विद्यार्थी भारत हिँडे ।
बझाङबाट रात्री बस चढेका उनीहरू श्रीभारको डोले होटलमा बुधबार नास्ता खाँदै थिए । त्यसबेला एउटा टोली गइसकेको र आफूहरू दोस्रो टोली भएको कक्षा नौ मा पढ्ने ललित महराले जानकारी दिए ।
ललितले गतवर्ष पनि दसैं तिहार विदामा भारत गएर ६ हजार रूपैयाँ कमाएका थिए । यसपाली पनि कमाउन हिँडेको उल्लेख गर्दै उनले आफ्नो टोलीमा कक्षा ९ मै पढ्ने दीपेन्द्र बोहरा र सुरेन्द्र बोहरा, कक्ष ८ का दीपक महर र धन बोहरालगायत रहेको जानकारी दिए ।
अन्नपूर्ण पोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्