Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


टिकापुर हत्या प्रकरण : दंगा भड्काएर नरसंहार


0
Shares

काठमाडौं, असोज ११ । गत वर्ष भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहारका विषयमा सुरक्षा निकायको छानबिन प्रतिवेदनमा किटानी छ ‘उक्त दिन ज्यान मार्ने योजना बनाउने तथा ज्यान मार्ने वचन, निर्देशन दिने प्रतिवादी धनीराम चौधरी, रेशम चौधरी, लक्ष्मण चौधरी, रामचन्द्र चौधरीसमेतलाई कानुनबमोजिम हदैसम्मको कारबाही हुनुपर्ने अनुसन्धान तथा छानबिन समितिको ठहरका साथ यो प्रतिवेदन पेश गरेका छौं ।’

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि भने यसरी दोषी किटान गरेका अभियुक्तहरूको मुद्दा फिर्ता लिने घोषणा गर्दै हिँडिरहेका छन् ।

प्रतिवेदनले रेशम चौधरीलगायतले साम्प्रदायिक दंगा भड्काउने खालका अभिव्यक्ति दिइ सर्वसाधारणलाई उक्साइ हिंसात्मक उत्तेजना फैलाउने काम गरेका कारण कैलालीको जनजीवन नाजुक बन्दै गइ थरूहट कार्यकर्ता हिंसात्मक बनेको निष्कर्ष निकालेको छ ।

एक वर्षअघि कैलालीमा सुरक्षाकर्मीसहित नौजनाको ज्यान जानेगरी भएको नरसंहारका मुख्य अभियुक्त चौधरीलाई कैलाली जिल्ला अदालतबाट पक्राउ वारेन्ट जारी भएको छ । उनी यतिबेला प्रहरीको सर्वाधिक खोजी सूचीमा छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट