Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


नेपाल प्रहरी विश्वकै उत्कृष्ट


0
Shares

काठमाडौं, असोज १५ । बन्यजस्तु चोरीसिकार नियन्त्रणमा योगदान पु¥याएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अन्तराष्ट्रिय पुरस्कार पाउने भएको छ ।

सन् २०१० देखि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐनअन्तर्गत रहेर नेपाल प्रहरीले गरेको योगदानको कदर गर्दै ‘क्लार्क आर बभिन वाइल्डलाइफ ल इन्फोर्समेन्ट अवार्ड’ प्राप्त गरेको हो ।

विश्वभरबाट प्रचलित कानुनको पालना गर्दै आगामी ३ अक्टोबरमा व्यूरोलाई अवार्ड वितरण गर्न लागिएको हो ।

विश्वभरका प्रभावकारी काम गर्ने निकायहरुबीच प्रतिस्पर्धामा नेपालले गरेको काममा सफलता हाँसिल गरेको भन्दै अवार्ड दिने निर्णय भएको अमेरिकाको वासिंगटन डीसीस्थित एनिमल वेलफियर इन्स्टिच्युटले हरेक बर्ष विश्वभरबाट उत्कृष्ट भएका निकायलाई पुरस्कृत गर्दै आएको छ ।

‘नौ मुलुकमा भएका कामको विषयमा अध्ययन गरी यो पुरस्कार दिने निर्णयमा हामी पुगेका हौं,’उनले भनेका छन् । ‘हामी यो पुरस्कार दक्षिण अफ्रिकाको जोहनेसवर्गमा जारी १७ औं साइटिस सम्मेलनमा आगामी ३ अक्टोबरमा हस्तान्तरण गर्दैछौं ।

-सविन शर्मा, राजधानी दैनिकबाट