Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


राष्ट्रिय प्रशारण लाइन पुगेपछि लघु जलविद्युत आयोजना धमाधम बन्द


0
Shares

काठमाडौं, असोज २९ । विद्युत् प्रधिकरणले विद्युतीकरणका नाममा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय नगरी राष्ट्रिय प्रसारण लाइन विस्तार गरेपछि ती क्षेत्रमा सञ्चालित लघु जलविद्युत आयोजना धमाधम बन्द हुन थालेका छन् ।

केन्द्रका लघु जलविद्युत् विज्ञ एवं कार्यक्रम संयोजक जगदीश कोजूका अनसार करिब तीन मेगावट बराबरका लघु जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइन (ग्रिड) पुगेपछि बन्द भएका वा सञ्चालनमा आउन छाडेका छन् ।

‘राष्ट्रिय प्रसारण लाइनको बिजुलीको गुणस्तर उच्च हुने भएकाले ग्रिड पुगेपछि स्थानीय बासिन्दा लघु जलविद्युतका लाइन लिन मान्दैनन्,’ कोजुले भने, ‘लघु जलविद्युतको बिजुली ग्रिडमा जोड्न सकिन्छ तर त्यसो पनि हुन सकिरहेको छैन ।’ –अन्नपुर्ण पोस्ट दैनिकबाट