
काठमाडौं, कात्तिक २ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको कोटा प्रणालीस् हटाउने तयारी गरेको छ ।
जाडो सिजनमा ग्यासको अभाव हुन नदिन कोटा प्रणाली हटाउने तयारी गरेको हो । हाल कोटा प्रणालीअनुसार ग्यास आयात हुन्छ ।
मुलुकभित्र ५५ वटा ग्यास कम्पनी छन् । निगमले ग्यास आयात गर्ने कोटा निर्धारण गर्छ । सोही अनुसार उद्योगीहरुले ग्यासको प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) उठाउँछन् ।
पर्याप्त मात्रामा कोटा निर्धारण नहुँदा प्रत्येक वर्ष जाडो सिजनमा ग्यासको हाहाकार हुने गर्छ । जाडो सिजन सुरु हुन थालेकाले ग्यास अभाव हुन नदिन प्रणाली हटाउन लागेको हो । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्