
काठमाडौं, कात्तिक ९ । भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार मीटर लामो ‘अर्वन रनवे’ तयार भएको छ । त्यहाँ आपतकालिन अवस्थामा अहिले नै विमान अवतरण गर्न मिल्छ ।
माटो ‘कम्प्रेस’ गरी बनाइने ‘सब ग्रेड लेवल’ तयार भइसकेको हो ।
विमानस्थलमा सबैभन्दा महत्वपूर्ण रनवे निर्माण मानिन्छ । ‘रनवेको सबग्रेड तयार भइसक्यो । माटोको काम लगभग सकिएको छ,’ आयोजना प्रमुख ओम शर्माले भने, ‘अब प्रि सबबेस, सबबेस र बेस हुँदै पिच गरिनेछ ।’
रनवे बनेपछि विमानस्थलको झण्डै आधा काम सकिन्छ । सबैभन्दा बढी समय रनवे बनाउन लाग्ने शर्मा बताउँछन् । जमिनको सतहबाट चार फिट अग्लो हुने रनवे तीन हजार मिटर लामो र ७० मिटर चौडा हुनेछ । हर्वा सुुरक्षाका लागि रनवेको दुबै तर्फ ३÷३ सय मिटर लामो सेफ्टी एरिया बनाइएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्