Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


सरुवा सकसमा गृह मन्त्रालय रुमल्लियो


0
Shares

काठमाडौं, कात्तिक ११ । आर्थिक उपार्जनका लागि राम्रो ठानिएका जिल्लामा अलगअलग नेताका अभिभावकत्व बोकेका प्रमुख जिल्ला अधिकारीका आकांक्षी बढेपछि गृह मन्त्रालयले एक महिनाअघि सरुवा भएर आएका सहसचिव र उपसचिवको पदस्थापना गर्न सकेको छैन ।

दैनिक काम कारबाहीका हिसावले महत्वपूर्ण ठानिएका विमानस्थलस्थित अध्यागमन कार्यालय, कारागार व्यवस्थापन विभाग र प्रहरी कितावखाना पनि नेतृत्वविहीन छन् । सचिवहरुको सरुवा र पदस्थापन नहुँदा सिन्धुपाल्चोक, मकवानपुर र काभ्रे सिडिओविहीन छन् ।

शक्तिकेन्द्रहरुले यो र त्यो पठाउने भन्दै लविङ गरेपछि ती जिल्लामा सिडिओ पठाउन नसकेको स्रोतले बताएको छ । रसुवा, लमजुङ, दोलखा र संखुवासभाको सिडिओ बन्नसमेत हानाथाप छ ।–अन्नपूर्ण पोस्ट दैनिकबाट