Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


निजी क्षेत्रका दुरसंचार सेवा प्रदायकलाई उपकरण आयातमा रोक


0
Shares

काठमाडौं, कात्तिक १४ । उपकरण आयातमा विदेशी मुद्रा अपचलनको आशंका गर्दै सुचना तथा सञ्चार मन्त्रालयले निजी क्षेत्रका दुरसञ्चार सेवाप्रदायकलाई उपकरण आयातमा रोक लगाएको छ ।

मन्त्रालयले विदेशी मुद्राको सिफारिस दिन बन्द गरेपछि उपकरण आयात रोकिएको हो ।

निजी क्षेत्रको दुरसञ्चार सेवाप्रदायक स्मार्ट टेलिकमले आर्थिक वर्ष २०७१/७२ मा विदेशी मुद्रा सिफारिसअनुसार उपकरण आयात नगरेको उजुरीपछि थप छानविन गर्ने भन्दै मन्त्रालयले स्मार्ट र एनसेलको विदेशी मुद्रा सिफारिस रोकेको हो ।

‘विदेशी मुद्रा सिफारिसअनुसार उपकरण नआएको भन्ने उजुरीका आधारमा हाललाई सिफारिस नगरिएको हो,’ सञ्चार सचिव दिनेश थपलियाले भने, ‘मन्त्रालयले यस विषयमा छानबिन गरिरहेको छ, छानविनपछि मात्र थप उपकरण सिफारिस गर्ने वा नगर्ने निर्णय हुन्छ ।’

मन्त्रालयले विदेशी मुद्रा सिफारिस नगर्दा दुइटा कम्पनीको गरी ५ अर्व रुपैयाँभन्दा बढीको उपकरण आउन सकेको छैन । –कानितपुर दैनिकबाट