३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


भारतले अघि सारेको प्रस्ताव भुटानी संसदबाट अस्वीकृत


0
Shares

काठमाडौं, मंसिर ५ । भुटानी संसदको माथिल्लो सदनले सार्क उपक्षेत्रीय यातायात सम्झौता अनुमोदन गर्न अस्वीकार गरेपछि भारतले अघि सारेको उक्त सम्झौताको भविष्य अन्यौलमा परेको छ ।

भारतले अघि बढाएको उक्त क्षेत्रीय सम्झौतालाई भुटानी संसदको माथिल्लो सदनले बुहमतले यही साता अस्वीकार गरेको थियो ।

उक्त यातायात सम्झौताले भारत, बंगलादेश, नेपाल र भुटानबीच निर्वाध सीधा यातायात सम्पर्क स्थापित गर्ने लक्ष्य लिएको थियो । यद्यपि तीनवटा कारण देखाउँदै भुटानमा यसको विरोध भएको हो ।

भारत, बंगलादेश र नेपालबाट भुटानमा सवारी चाप बढे त्यसले प्रदुषण बढेर गम्भीर चुनौती उत्पन्न हुने निष्कर्ष भुटानको छ ।

त्यहाँका विपक्षी दलको चर्को विरोधका बीच भुटानको तल्लो सदनले यसअघि सम्झौता अनुमोदन गरी माथिल्लो सदनमा पठाएको थियो । तर माथिल्लो सदनले भने अस्वीकार गरेको छ । यद्यपि भुटानी सरकारले भने उक्त सम्झौताको बचाउ गरेको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट