Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


ठेकेदार कम्पनीलाई अनधिकृत रुपमा ऋण जमानत दिदैं महानगरपालिका


0
Shares

काठमाडौं, मंसिर ८ । पुरानो बसपार्कमा प्रस्तावित १२ तले ‘काठमाडौं भ्युटावर निर्माण’ ठेक्का पाएको कम्पनीलाई महानगरले अनधिकृत रुपमा ऋण जमानत दिन लागेको छ ।

महानगरपालिकाको जमानतमा ३ अर्ब ५० करोड रुपैयाँ ऋण प्रवाह गर्ने बैंकिङ प्रक्रिया अघि बढेको छ । महानगरपालिकाले सार्वजनिक नीजि साझेदारीमा बनाउन लागेको उक्त टावर निर्माण सम्झौता अनुसार निर्माण कम्पनीले आफ्नै लगानीमा तीन वर्षभित्र टावर बनाइसक्नुपर्ने छ ।

निर्माणपछि कम्पनीले २७ वर्षसम्म टावर संचालन गर्न पाउनेछ । त्यसपछि उसले महानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

‘टावर निर्माणका लागि महानगरपालिका जमानी र प्रोजेक्ट धितो राखेर बैंकबाट निर्माण कम्पनीले ऋण निकाल्ने हो,’ महानगरपालिका राजस्व विभाग प्रमुख तथा टावर निर्माण समन्वय समिति पदाधिकारी महेश काफ्लेले भने, ‘काम सकिएपछि निर्माण कम्पनीले २७ वर्ष भ्युटावर संचालन गरेर महानगरपालिकालाई हस्तान्तरण गर्नेछ । निर्माण कम्पनीले बैंकलाई ऋण तिर्न नसके बैंकले नै टावर संचालन गरेर ऋण असुली गर्नेछ ।’

काफ्लेले भनेजसरी बैंकले ऋण उठ्न नसकेको अवस्थामा जमानतबाट असुल्नुपर्ने कानुनी अवस्था सिर्जना हुन्छ । –नागरिक दैनिकबाट