
काठमाडौं, मंसिर ९ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बुधबार माइक्रो बसबाट लडेर घाइते भएका छन् ।
माइक्रो बस चढेर कपनस्थित पार्टी कार्यालय जाने क्रममा केसी दुर्घटनामा परेका हुन् । केसीको टाउको र ढाडमा चोट लागेको छ ।
उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
केसी माइक्रो बसको ढोका छेउको सीटमा बसेका थिए । घुम्तीमा माइक्रो बसका चालकले अचानक ब्रेक लगाउँदा उनी लडेको पारिवारिक स्रोतले जानकारी दियो । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्