बाग्लुङ । कला संस्कृतिको धनी तर विकासको पूर्वाधारले अति दुर्गम मानिने बाग्लुङ निसी पछिल्लो समय सुगम बन्दै गएको छ ।
मध्य पहाडी लोकमार्ग बाग्लुङ सरमुकाम हुँदै रुकुमसम्म पुगेपछि यातायातले गर्दा सुगम बनेको हो ।
पहिला यहाँबाट सदरमुकाम बागलुङ बजार आउन जान ६ दिन लाग्ने गर्दथ्यो ।
संचारको पहुँच थिएन । बसाइँसराइँ गरेर जाने क्रम बढ्दो थियो । अहिले यातायात र संचारको पहुँच पुगेपछि स्थानीय आफूहरुलाई सुविधा भएको बताउँछन् ।
लोकमार्ग पुगेपछि सडक छेउछाउमा बस्ती समेत बढ्न थालेको छ । यहाँ उत्पादित वस्तुहरुले पनि बजार पाउन थालेको छ ।









प्रतिक्रिया दिनुहोस्