Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


अनुमतिबिनै नेपालमा रामदेवको लगानी


0
Shares

काठमाडौं, मंसिर १३ । योगगुरु रामदेवले अनुमति नै नलिइ पतञ्जली आयुर्वेद प्रालिमार्फत नेपालमा लगानी गरिरहेको खुल्न आएको छ । लगानी गर्नु अगावै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ वा लगानी बोर्ड ऐन २०६८ अनुसार स्वीकृति लिनुपर्ने भए पनि त्यो नलिई उनले आर्थिक कारोबार गरेका हुन् ।

रामदेव नै सेयर सदस्य रहेको मुनाफा वितरण नगर्ने पतञ्जली योगपीठ तथा आयुर्वेदिक कम्पनीसमेत कानुनी प्रक्रिया मिचेर दर्ता गरिएको पाइएको छ । उक्त ‘नट फर प्रोफिट’ कम्पनीमार्फत व्यवसाय गर्ने गरी लगानी रकम ल्याउन नमिलेपछि उनले गैरकानुनी ढंगबाट काम गरिरहेको खुल्न आएको हो ।

रामदेवले गता साता काठमाडौंमा पत्रकार सम्मेलन गरी डेढ अर्ब रुपैयाँ लगानी गरिसकेको जानकारी दिएका थिए । ‘मुनाफा वितरण नगर्ने कम्पनीमार्फत उनले लगानी ल्याउनै मिल्दैन । अझ त्यो कम्पनीको त दर्ता नै गैरकानुनी ढंगबाट भएको हो,’ विदेशी लगानीबारे जानकार एक उच्च अधिकारीले भने, ‘अर्को कम्पनी पतञ्जली आयुर्वेद प्रालिसँग रामदेवको कानुनी रुपमा कुनै साइनो देखिदैंन ।’

उद्योग विभागका अनुसार रामदेवले कुनै पनि उद्योगमा लगानी गर्ने अनुमति नै लिएका छैनन् । –कान्तिपुर दैनिकबाट