Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


भारतबाट अवैधरुपमा भित्र्याइएको ४२ ओटा गोरु नियन्त्रणमा


0
Shares

कपिलवस्तु, मंसिर १३ । भारतबाट अवैध ढंगले नेपाल भित्र्याइएको ४२ ओटा गोरु सशस्त्र प्रहरीले आइतबार राति कृष्णनगरको सीमानाकानजिकैको विद्यानगर गाविस–३ औरहवाबाट नियन्त्रणमा लिएको छ ।

प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक तारिकचन्द्र चौधरी नेतृत्वको टोलीले करिब रु सात लाख ५६ हजार मूल्य पर्ने ती गोरु नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका गोरु आवश्यक कानुनी कारबाहीका लागि कृष्णनगर भन्सार नाकामा बुझाइएको छ ।

तस्करीमा संलग्न कसैको पहिचान हुन नसकेको र सो कार्यमा संलग्न तस्करको खोजी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक चौधरीले बताए ।

भन्सार बुझाइएको गोरु आवश्यक प्रक्रिया पूरा गरी लिलाम गरिने कृष्णनगर भन्सार कार्यालयले जनाएको छ । रासस