Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


ट्रम्प र सेइबीचको फोनवार्ता ताइवानको चालबाजीमात्र : बेइजिङ


0
Shares

बेइजिङ (चीन), मंसिर १८ । अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित डोनाल्ड ट्रम्प र ताइवानी नेता सेइ यिङ–वेनबीच भएको फोनवार्ता ताइवानी नेता सेइको चालबाजीमात्र भएको भन्दै यसबाट चीनको अमेरिकासँगको सम्बन्धमा भिन्नता नआउने चीनको विदेश मन्त्रालयले जनाएको छ ।

शनिबार हङकङको फोनिक्स टेलिभिजनसँग कुरा गर्दै चीनका विदेशमन्त्री वाङ यीले भने–‘फोनवार्ता ताइपेइको चालबाजीमात्र हो, यसबाट एक चीन नीतिमा कुनै भिन्नता ल्याउन सम्भव छैन ।’

‘मलाई लाग्दैन वर्षौंदेखि अमेरिकी सरकारद्वारा महत्व दिइँदै आएको एक चीन नीतिमा फोनवार्ताले असर गर्नेछ’–चिनियाँ विदेशमन्त्री वाङलाई उद्धृत गर्दै फोनिक्स टेलिभिजनले जनाएको छ ।

एक चीन नीति बेइजिङ र वासिंगटनबीचको स्वस्थ्य सम्बन्धको आधारशीला भएको भन्दै उनले यसमा आफूहरुले कुनै हस्तक्षेप गर्ने वा अचानक सम्बन्धमा अवरोध आउने सम्भावना नरहेको बताए । रासस/एएफपी