Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


ओलीले भने– सीमांकनको विषयमा छलफल हुनै सक्दैन


0
Shares

काठमाडौं, मंसिर २० । प्रमुख प्रतिपक्षी दल एमालेले राष्ट्रहितविरोधी संविधान संशोधन विधेयक व्यवस्थापिका–संसदमा छलफल गर्न योग्य नभएको जनाई फिर्ता लिनुपर्ने अडान राखेको छ ।

अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा राष्ट्रहितविरोधी संविधान संशोधन प्रस्ताव अघि बढाइएकाले संसदमा छलफल हुन नसक्ने एमालेले स्पष्ट पारेको छ ।

‘संसदमा जे छलफल गर्न योग्य छ, त्यो विषयमा मात्रै छलफल हुन्छ, सरकारले अघि बढाएको संविधान संशोधन प्रस्ताव छलफल गर्न योग्य नै छैन,’ आइतबार सम्पादक र वरिष्ठ पत्रकारसँगको छलफलमा एमाले अध्यक्ष केपी ओलीले पार्टीको धारणा प्रष्ट पार्दै भने, ‘संविधान विरोधी, अदालतको अपहेलना गर्दै आएको राष्ट्रघाती प्रस्ताव संसदमा छलफल हुन अयोग्य छ, त्यसकारण सरकारले फिर्ता लानुपर्छ, छलफल हुन सक्दैन ।’

ओलीले रुपान्तरिक व्यवस्थापिका–संसदले संविधानका अन्य विषयमा संशोधन गर्न सक्ने भए पनि सीमांकनको विषयमा संशोधन गर्नै नसक्ने प्रष्ट पारे । ‘रुपान्तरिक व्यवस्थापिका–संसदको लिमिटेसन छ, यसले सीमांकन चलाउन सक्दैन, यस्तो संविधानविरोधी प्रस्ताव सरकारी विधेयकका रुपमा आउनु दुर्भाग्यपूर्ण हो,’ ओलीले भने । –राजधानी दैनिकबाट