२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


एकै व्यक्तिको झोलामा भेटियो २०५ राउन्ड गोली, ८ जना पक्राउ


0
Shares

जाजरकोट, मंसिर २२ । प्रहरीले बुधबार जाजरकोटमा २०५ राउन्ड गोली फेलापारेको छ ।

जाजरकोट आउँदै गरेको गाडीमा सवार खगेनकोट–३ का मिलन शाहीको झोलाबाट २०५ राउन्ड गोली बुधबार छेडाबाट प्रहरीले बरामद गरेको हो ।

प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले गाडीमा सवार दुई महिलासहित ८ जनालाई जिल्ला सदरमुकाम ल्याएको छ । छेडा सदरमुकामबाट ४० किलोमिटर पश्चिममा पर्दछ ।

मिलनसहित उक्त गाडीमा चढेका ८ जनालाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए ।

झाप्रास्थित एक विद्यालयको कामको सिलसिलामा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक धनञ्जय आचार्य तथा स्रोत व्यक्ति टेकबहादुर थापा र भक्तबहादुर मल्ललाई दशेराको थलह बजारबाट गाडीमा चढेर सदरमुकामतर्फ आउँदै गर्दा मिलन पनि सोही गाडीमा लिफ्ट मागेर चढेको प्रहरीले बताएको छ ।

मिलनको साथमा रहेको ‘एम १६’ अथवा इन्सास राइफलको गोली हुनसक्ने प्रहरीले जनाएको छ ।

मिलन नेत्रविक्रम चन्दनिकट माओवादी कार्यकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रासस