Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


प्रधानमन्त्रीलाई सभापति देउवाबाटै अप्ठ्यारो


0
Shares

काठमाडौं, मंसिर २९ । संविधान संशोधन विधेयक थाती राखेर निर्वाचन घोषणा गर्ने सोचाइमा रहेका प्रधानमन्त्री प्रचण्डलाई सत्ता गठबन्धनको प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवाले अप्ठ्यारो पारिदिएका छन् ।

बालुवाटारमा मंगलबार भएको छलफलमा देउवा संशोधन विधेयकलाई मतदान प्रक्रियामा लैजानुपर्ने अडानमा रहेपछि प्रचण्ड अप्ठ्यारोमा परेका हुन्।

प्रचण्ड विधेयकलाई थाती राखेर एमाले अध्यक्ष केपी ओलीकै प्रस्तावअनुसार निर्वाचनसम्बन्धी विधेयक ससद्मा ल्याएर निर्वाचन मिति घोषणा गर्न पक्षमा उभिएका बेला गठबन्धनकै नेता देउवाबाट फरक मत आएपछि नयाँ संकट जन्मिएको हो।

ओलीले दाहाललाई संशोधन विधेयक थाती राखेर निर्वाचनसम्बन्धी विधेयक सदनमा ल्याए आफूहरुले पूर्ण सहयोग गर्ने आश्वासन दिँदै आएका छन्।
–अन्नपूर्ण पोस्ट दैनिकबाट