
बारा, मंसिर २९ । विराटनगरमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट तेक्वान्दो खेलका खेलाडी छनोट भएका छन् ।
बाराको सिमरामा सम्पन्न क्षेत्रीय छनोट प्रतियोगिताबाट ८ पुरुष र ८ महिला गरी १६ खेलाडी राष्ट्रिय खेलकुदका लागि छनोट भएका हुन् ।
मंसिर २६ गतेदेखि सिमरामा सुरु भएको छनोट प्रतियोगितामा १९ जिल्लाका तीन सय चारजना खेलाडी सहभागी थिए ।
प्रतियोगितामा चार स्वर्ण र चार कास्य जित्दै काठमाडौं प्रथम भएको छ ।
यसैगरी, भक्तपुर दुई स्वर्ण, दुई रजत र दुई कास्य जित्दै दोस्रो भएको छ भने दुई स्वर्ण, एक रजत र तीन कास्यपदकसहित चितवन तेस्रो भएको छ ।
प्रतिक्रिया दिनुहोस्