Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


फिफा विश्वकप फुटबलमा मेक्सिको ४० वर्षपछि अन्तिम १६ मा प्रवेश

इक्वेडरकाे भने लज्जास्पद हार

0
Shares

काठमाडाैं । फिफा विश्वकप फुटबलमा जित निकाल्दै मेक्सिको, फ्रान्स र नर्वे अन्तिम १६ मा गरेका छन् ।

मेक्सिको सिटीमा बुधबार बिहान भएको खेलमा यो विश्वकपको सह-आयोजक मेक्सिकोले इक्वेडरलाई २-० गोलले पराजित गर्दै ४० वर्षपछि नकआउट चरण पार गरेको हाे । घरेलु टोलीका लागि राउल जिमेनेज र जुलियन क्विनोनेसले गोल गरेका थिए । यसअघि मेक्सिकोले सन् १९८६ यता कुनै पनि नकआउट खेल जित्न सकेको थिएन । इक्वेडर पराजित हुँदै बाहिरिएको छ ।

यस अघि बुधबार भएको अर्को खेलमा फ्रान्सले स्विडेनलाई ३ गोलले पराजित गरेकाे हाे । सातै मंगलबार राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गाेलले पराजित गरेको थियाे । अब नर्वेले अन्तिम १६ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्ने भएकाे छ । त्यस्तै, फ्रान्सले अन्तिम १६ मा पाराग्वेसँग खेल्ने भएकाे हाे ।

विश्वकप फुटबलमा बुधबार राति पौने १० बजेदेखि इंग्ल्यान्डले कङ्गोसँग सामना गर्ने भएकाे छ। साथे बिहीबार बिहान पौने २ बजेदेखि बेल्जियम र सेनेगलबीच प्रतिस्पर्धा हुने भएकाे हाे । बिहीबार बिहानै पौने ६ बजेदेखि अमेरिका र बोस्निया एण्ड हर्जगोभिनाबीच पनि खेल हुने भएकाे छ।