Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


इंग्ल्याण्ड कंगोलाई पराजित गर्दै फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगो भने विश्वकपबाट बाहिरियो

39
Shares

काठमाडौैं । कप्तान ह्यारी केन नायक बनेपछि इंग्ल्याण्ड डीआर कंगोमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) मा प्रवेश गरेको छ ।

अमेरिकाको एटलान्टा स्टेडियममा बुधबार राति भएको नकआउट चरण (राउन्ड अफ ३२) को खेलमा इंग्ल्याण्डले कंगोलाई २–१ गोल अन्तरले पराजित गरेको हो । इंग्ल्याण्डको जितमा दुवै गोल कप्तान केनले गरेका थिए । खेलमा शुरुवाती अग्रता भने कंगोले लिएको थियो ।

खेलको सातौँ मिनेटमै ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेको इंग्ल्याण्डले खेलमा फर्किन ७५औं मिनेटसम्म पर्खिनुपर्‍यो । ७५औं मिनेटमा केनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेल सकिन ४ मिनेट अगाडि अर्थात् ८६औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डको जित निश्चित गरेका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन सकेन । यो हारसँगै कंगोको विश्वकप यात्रा समाप्त भएको छ । इंग्ल्याण्डले भने अघिल्लो चरणको यात्रा तय गरेको हाे ।