काठमाडाैं । मलेशियामा हुने यू-१९ एसीसी महिला प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले बुधबार टी–२० फर्म्याटमा हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता यहि असार २७ देखि आगामी साउन २ गतेसम्म सञ्चालन हुने भएकाे छ । प्रतियोगिताको समूह ‘ए’ मा थाइल्यान्ड, म्यानमार र जापान रहेका हुन् ।
समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (यूएई), ओमान र भूटान रहेका छन् । समूह ‘सी’ मा इन्डोनेशिया, मलेशिया र कुवेत रहेका हुन् । समूह ‘डी’ मा नेपाल, हङकङ, चीन, सिङ्गापुर र कतार रहेका छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा पुग्ने भएका हुन् । प्रतियोगिताका शीर्ष ४ टोली एशिया कपका लागि छनोट हुने भएका छन् ।
एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सोनी पाख्रिनको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हाे ।









प्रतिक्रिया दिनुहोस्