२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


हिटलर जन्मिएको घर कब्जा गर्ने कानुन पारित


0
Shares

काठमाडौं, मंसिर ३० । अष्ट्रियाको संसदले जर्मन तानाशाह एडोल्फ हिटलर जन्मिएको घर कब्जा गर्ने कानुन पास गरेको छ ।

ब्राप्नाउ एम इन सहरमा रहेको उक्त घरका मालिकले भने घर बिक्री गर्न वा पुनःनिर्माण गर्न अस्वीकार गर्दै आएका थिए ।

अष्ट्रियाली सरकारले सन् १९७२ देखि घरलाई भाडामा लिएको थियो । उनलाई अब सरकारले क्षतिपूर्ति दिने बताइएपनि भवनलाई के गर्ने भने निर्णय गरिसकिएको छैन ।

अधिकारीहरुले नवनाजीहरुको पवित्रस्थल हुनबाट रोक्न भवन सरकारी नियन्त्रण ल्याउन चाहिरहेका थिए ।

सन् १८८९ मा हिटलरको जन्म भएको उक्त तीनतले भवनलाई नाजी शासनकालमा पर्यटन स्मारककोरुपमा प्रयोग गरिएको थियो ।

सन् १९४४ मा नाजीहरु हार्दै गएपछि भवन पर्यटकका लागि बन्द गरिएको थियो । (एजेन्सी)