Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


छोराको बयानसँग मिल्दो पोस्टमार्टम रिपोर्ट: टाउकोदेखि पैतालासम्म एकनासका चोटले लक्ष्मीको मृत्यु


52
Shares

काठमाडौं, पुस १ । काभ्रे सानो वाङ्थलीकी लक्ष्मी परियारको शरीरभरि एकैनासको चोटपटक भेटिएका छन् । मृत्युको सातौं दिन भएको पोष्टमार्टम रिपोर्ट भन्छ, ‘शरीर थिलथिलो हुने गरी कुटिएको छ, उनको मृत्युको कारण कुटाइबाहेक अरू केही होइन ।’

३३ वर्षीया लक्ष्मीलाई अघिल्लो मंगलबार स्थानीय शिक्षकको नेतृत्वमा नाम्लोले बाँधेर मलमूत्र खुवाइएको थियो । छातीमा लात्तीले र टाउकोमा चिर्पटले हानेको भन्दै मृतकका छोरा र प्रत्यक्षदर्शीले पनि बयान दिएका छन् ।

‘टाउकादेखि पैतालासम्म एकनासका चोटपटक छन्, यिनै चोटका कारण लक्ष्मी परियारको मृत्यु भएको हो, अन्य कुनै कारणले होइन,’ शिक्षण अस्पताल फरेन्सिक विभागका प्रमुख डा. हरिहर वस्तीले पोस्टमार्टमबाट आएको रिपोर्टबारे भने, ‘मृत्यु लगत्तै पोस्टमार्टम गरेको भए धेरै कुरा अझ स्पष्ट भन्न सकिन्थ्यो, सात दिनमा शव धेरै बिग्रिसकेकाले धेरै कुरा रिपोर्टमा दिन सकिदैंन ।’ –नयाँ पत्रिका दैनिकबाट