२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


बान कि मुन दक्षिण कोरियाको राष्ट्रपति बन्ने !


0
Shares

काठमाडौं, पुस २ । संयुक्त राष्ट्र संघका महासचिव बान कि मून दक्षिण कोरियाको राष्ट्रपतिमा उठ्ने सम्भावना देखिएको छ ।

राष्ट्रसंघमा दुई कार्यकाल महासचिव बनेर बाहिरिँदै गरेका बान आफ्नो मुलुकमा फर्केर राष्ट्रपति पदमा प्रतिष्पर्धा गर्नेे सम्भावना रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यही डिसेम्बरमा आफ्नो कार्यकाल सकाएर घर फर्कन लागेका बानले महासचिववका रुपमा गरेको अन्तिम पत्रकार सम्मेलनमा केही समय आराम गरेर कसरी मुलुकलाई सघाउन सकिन्छ भनेर लाग्ने बताएका हुन् ।

दक्षिण कोरियामा आगामी वर्ष सन् २०१७ को डिसेम्बरमा राष्ट्रपति पदको नयाँ चुनाव हुँदैछ । निहित स्वार्थमा फसेको भन्दै हालकी राष्ट्रपति पार्क गेयुन हेईविरुद्ध संसदले महाभियोग नै लगाएको छ ।

राष्ट्रपतिविरुद्ध सडकमा दशौं लाख सर्वसाधारण ओर्लिएका छन् र लगातार विरोध गरिरहेका छन् ।

महाभियोग पारित भइसकेकापछि पनि कार्यालय छाड्न ढिलाई गरेकामा उनीहरु असन्तुष्ट बनेका छन् । यस्तोमा बानले आफू देशको सेवामा फर्कने इच्छा देखाएका हुन् ।