अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा पाकिस्तान पराजयनजिक « Image Khabar


अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा पाकिस्तान पराजयनजिक


Imagekhabar
२ पुष २०७३, शनिबार १७:२६

काठमाडौं, पुस २ । अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तान पराजयनजिक पुगेको छ ।

ब्रिसबेनमा जारी खेलमा ४९० रनको चुनौती पछ्याइरहेको भ्रमणकारी टोली पाकिस्तानले शनिबार तेस्रो दिनको समाप्तिसम्म २ विकेटको क्षतिमा ७० रन बनाएको छ ।

अजर अली ४१ रनमा अविजित छन् भने युनिस खानले रनको खाता खोलेका छैनन् । पाकिस्तानलाई अझै ४२० रन बनाउनुपर्ने भएकाले दबाब बढेको छ ।

यसअघि, घरेलु टोली अष्ट्रेलियाले पहिलो इनिङमा कप्तान स्टेभेन स्मिथको १३० र पिटर ह्यान्डस्कम्बको १०५ रनको मद्दतले ४२९ रन बनाउँदा पाकिस्तानलाई १४२ रनमा रोकेको थियो ।

अष्ट्रेलियाले शनिबार दोस्रो इनिङमा ५ विकेटको क्षतिमा २०२ रन बनाएर इनिङ समाप्ति गर्दै पाकिस्तानलाई ४९० रनको चुनौती दिएको हो ।

प्रतिक्रिया दिनुहोस्