अमेरिकी ड्रोन फिर्ता गर्न चीन तयार, ड्रोन चोरेको ट्रम्पको आरोप « Image Khabar


अमेरिकी ड्रोन फिर्ता गर्न चीन तयार, ड्रोन चोरेको ट्रम्पको आरोप


Imagekhabar
३ पुष २०७३, आईतवार ०६:५४

काठमाडौं, पुस ३ । चीनले नियन्त्रणमा लिएको अमेरिकी समुद्री ड्रोन फिर्ता गर्ने भएको छ ।

चीनले गत बिहीबार चीनको दक्षिणी सागरमा प्रवेश गरेको अमेरिकी समुद्री ड्रोन नियन्त्रणमा लिएको थियो ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार छलफलपछि चीन ड्रोन फिर्ता गर्न सहमत भएको हो ।

यद्यपि, नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी समुद्री ड्रोन चोरेको भन्दै ट्वीट गरेपछी चीन ड्रोन फिर्ता गर्न तयार भएको केही अमेरिकी विश्लेषकले बताएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्