२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


इन्डोनेसियाली सैन्य विमान दुर्घटना, १३ जनाको मृत्यु


0
Shares

जकार्ता, पुस ३ । इन्डोनेसियाली सैन्य विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

‘हर्कुलस सी–१३०’ विमानमा चालक दलका तीन सदस्य र अन्य १० यात्रु गरी १३ जना सवार थिए ।

विमान आइतबार सुदूरपूर्वी इलाकामा दुर्घटना भएको हो । सैन्य अधिकारीका अनुसार विमानमा १२ टन खाद्यान्नसमेत थियो ।

खराब मौसमका कारण सो विमान दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

स्थानीय समय अनुसार बिहान ५ः३५ मा टिमिकाबाट उडेको विमान वामिनामा अवतरणको निर्धारित समयभन्दा ४ मिनेट अगाडि नै दुर्घटना भएको हो । (एजेन्सी)