३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सातौं राष्ट्रिय खेलकुद पुस ८ देखि, ३५ खेल, २३ सय तीन खेलाडी छनोट


0
Shares

ध्रुव भट्टराई (इमेज)
विराटनगर, पुस ३ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।

 

पुस ८ देखि १५ सम्म सन्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

परिषदका सदस्यसचिव केशवकुमार विष्टले प्रतियोगिको तयारी पूरा भएकाले अब कुनैपनि परिवर्तन नहुने बताए ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश गरिएको छ । प्रतियोगिताको उद्घाटन पुस ८ गते विराटनगरको सहिद रंगशालामा हुनेछ ।

प्रतियोगितामा २ हजार ३ सय ३ जना खेलाडी छनोट भएका छन् । जसमा १ हजार ६ सय ६९ जना महिला खेलाडी रहेका छन् ।

प्रतियोगिातमा २ सय ९४ स्वर्ण २ सय ९४ रजत र ४ सय ४७ कास्य पदक गरी कुल १ हजार ३५ पदका लागि प्रतिस्पर्धा हुने जनाइएको छ ।