भक्तपुरमा चार बन्दकर्ता पक्राउ, एक घाइते, मिनीबस तोडफोड

सूर्यविनायक नगरपालिकास्थित दोलखाली खाजाघरबाट माओवादी मजदुर सङ्गठनका केन्द्रीय सदस्य युवराज आचार्य, क्रान्तिकारी मजदुर सङ्गठनका जिल्ला अध्यक्ष विक्रम आचार्य, विप्लव समूहका भक्तपुर जिल्ला अध्यक्ष कुशल बोगटी र अखिल क्रान्तिकारीको भक्तपुर जिल्ला सचिव चित्रकमल ओलीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए ।
त्यसैगरी मध्यपुरथिमि नगरपालिका १३ राधेराधेस्थित मध्य उपत्यकाको बा३ख २४६५ नंको मिनीबसमा बन्दकर्ताले ढुङ्गा हान्दा एकजना घाइते भएका छन् ।
चालीसजना सवार बसमा ढुङ्गा हान्दा मोरड कटारी घरभई हाल सल्लाघारी बस्ने वर्ष ३५ का राजेश माझीमा घाईते भइ स्थानीय नागरिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बन्दकर्ताले सोही स्थानमा बा। ७ च २१५० नम्बरको कारमा आक्रमण गरी सिसा फोडेका थिए ।
प्रहरीले बन्दकर्तालाई पक्राउ गर्नथाले पछि बिहान ११ बजेदेखि भक्तपुरमा सार्वजनिक यातायातका साधन निर्वाध रुपमा चलेका छन् । भक्तपुरमा बन्दको प्रभाव परेको छैन । यहाँका बजार, यातायात र सरकारी एवं सामुदायिक विद्यालय संचालन भइरहेका छन् । रासस