
संघीय समाजवादी फोरम नेपालको मुख्यालय काठमाडौंमा विहीबार बसेको संघीय गठबन्धनको बैठकले एमालेका नेताहरुले मधेसकाबारेमा दिएका अभिव्यक्ति आपत्तिजनक भएको ठहर गर्दै अभिव्यक्ति सच्याउन आग्रह गरेको छ ।
बैठकले सरकारले अघि सारेको संविधान संशोधनको प्रस्तावसमेत अपुरो रहेको भन्दै परिमार्जनसहित संसदमा पेस गर्नुपर्ने निष्कर्ष निकालेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
बैठकले संविधान संशोधनको प्रस्ताव नसच्याएसम्म स्वीकार्य नहुने स्पस्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्