
फाइल फोटो
सरकारले व्यवस्थापिका–संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावकाविरुद्ध ९ राजनीतिक दलले गर्ने सो प्रदर्शनका लागि एमालेले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तयारी तथा समन्वयका लागि कार्यदल गठन गरी काम सुरु गरेको हो ।
कार्यदलको विहीबार बसेको बैठकले राजधानीभित्रका पार्टी कमिटी, जनसंगठन र सम्पर्क मञ्चलाई उक्त दिन आयोजना हुने प्रदर्शनमा सहभागी हुनका लागि निर्देशित गर्दै आ–आफ्ना कार्ययोजना दुई दिनभित्र केन्द्रीय सचिवालयमा पेस गर्न आह्वान गरेको छ ।
कार्यदलमा केन्द्रीय सचिवालयका सदस्यहरु उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, भीमप्रसाद आचार्य, गोकर्णराज विष्ट र योगेश भट्टराई, आर्थिक विभाग प्रमुख विष्णु रिमाल र केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका साथै संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक भानुभक्त ढकाल, ३ नम्बर प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य र सहसंयोजक काशीनाथ अधिकारी, सम्पर्क समन्वय कमिटीका संयोजक छविलाल विश्वकर्मा र सहसंयोजक विजय गुरुङ छन् ।
विहीबारै मोर्चा संगठनका प्रमुख विष्टको अध्यक्षतामा बसेको मोर्चा संगठनको बैठकले कार्यक्रम सफल पार्न आ–आफ्नो क्षेत्रबाट सक्रियताका साथ लाग्ने निर्णय गरेको सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्