२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


आइएसले टर्कीस सेनालाई जिउँदै जलाएको भिडियो सार्वजनिक


0
Shares

सिरियामा भएको कारवाहीका क्रममा गत नोभेम्बरमा पक्राउ परेका ती दुई टर्किस सेनालाई जिउँदै जलाएको आईएसले दाबी गरेको छ । मुस्लिमहरुलाई टर्कीले मारेको बदलामा टर्किस सेनाको हत्या गरिएको आईएसले जनाएको छ । तर भिडियोको स्वतन्त्र पुष्टि नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

टर्कीले पनि यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । यसै हप्ताको शुरुमा सिरियाको उत्तरी अल बाब शहरमा १६ टर्किस सेना आईएसको आक्रमणमा मारिएका थिए । टर्कीले सिरियामा गत अगष्टदेखि आईएसविरुद्ध स्थल र हवाई आक्रमण गरिरहेको छ । (एजेन्सी)