
ललितपुरको बाँडे गाउँमा रहेको आश्रममा उनको सम्झनामा विशेष कार्यक्रम गर्ने तयारी छ । कार्यक्रममा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न दलका नेता सहभागी हुने बताइएको छ ।
सन्त नेता स्व. भट्टराई इमान र नैतिक राजनेताका रुमपा नेपाली जनतामाझ परिचित छन् । राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिबद्धताकै कारण उनी पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल बसेका थिए ।
भट्टराईले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्