
बर्लिनमा आक्रमणपछि भाग्दै हिँडेको मुख्य अभियुक्त ट्युनिसियन नागरिक अनिस अम्री शुक्रबार मिलानमा मारिएको दाबी गरिएको छ ।
प्रहरीको नियमित जाँचका क्रममा एकजना शंकास्पद व्यक्तिमाथि प्रहरीले गोली हानेको र मृतक व्यक्तिको औंठाछाप अनिस अम्रीसँग मिलेको दाबी त्यहाँका प्रहरी अधिकारीहरुले गरेका छन् ।
सोही घटनामा संलग्न रहेको आशंका गरिएका दुईजना पनि जर्मनीमै पक्राउ परेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
जर्मनी र डेनमार्कको सीमा ओबरहउसेनको सपिङ सेन्टरमा हमला गर्ने योजनामा रहेका दुई दाजुभाई पक्राउ परेका हुन् ।
कोसोभोमा जन्मेका २८ र ३१ वर्षीय दाजुभाइ आतंककारी हमलाको तयारीमा रहेको अवस्थामा सादा पोसाकमा रहेका प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
हमलाको योजना सम्बन्धमा केही जानकारी दिइएको छैन ।
जर्मनीको बर्लिनमा सोमबार लरीमार्फत् १२ जना नागरिकको हत्या गरेपछि जर्मनीभर सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्