
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विराटनगरमा उदघाटन गरेको प्रतियोगितामा ३० खेल समावेश छन् ।
प्रतियोगितामा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत तथा ४ सय ४७ कास्य पदकका लागि झण्डै ३५ सय खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
हरेक २ वर्षमा हुने गरी २०३८ साल भदौमा काठमाडौंमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता ३५ वर्षपछि पहिलोपटक पूर्वाञ्चलमा आयोजना गरिएको हो ।
प्रतियोगिताअन्तर्गतका खेलहरु केही दिन अघिबाट नै भइरहेका छन् । प्रतियोगिता यही पुस १५ गते समापन गरिनेछ ।
२८ करोडको लागतमा सम्पन्न हुने प्रतियोगिताको समापन एन्फा टेक्निकल सेन्टर धरानमा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् ।
पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहा र सप्तरीमा संचालन गरिंदै छ ।
राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीलाई पहिलो पटक नगद पुरस्कारसमेत व्यवस्था गरिएको छ ।
व्यक्तिगत स्पर्धाका विजेताले जनही १५ हजार पाउनेछन् भने टिम स्पर्धाका विजेताले ७ हजार पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्