३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सातौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्णपदक हरिप्रसाद रिमालको नाममा


0
Shares

एथलेटिक्सतर्फको खेलमा नेपाली सेनाका हरिले १५ सय मिटर दौडमा स्वर्णपदक जितेका हुन् ।

शनिबार सुनसरीको इटहरी रंगशालामा भएको खेलमा निर्धारित् दुरी ४ मिनेट ४ सेकेन्डमा पूरा गर्दै हरिले स्वर्णपदक जितेका हुन् ।

रजतपदक पनि सेनाकै छत्रबहादुर दाहालले जिते । नेपाल पुलिसका करण खड्काले कास्यपदक जिते ।

यसैगरी, महिलातर्फ पनि सेनाकै सरस्वती भट्टराईले स्वर्णपदक जितिन् । सरस्वतीले निर्धारित् दूरी ४ मिनेट ४३ सेकेन्डमा पूरा गरिन् ।

सशस्त्रकी पुमली रानाले रजत तथा सेनाकी लक्ष्मी पाण्डेले कास्यपदक जितिन् ।