३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


महिला फुटबलमा सशस्त्र च्याम्पियन, निरु थापा बनिन् सर्वाधिक गोलकर्ता


0
Shares

शनिबार सुनसरीको दुहबी रंगशालामा भएको नेपाल पुलिस क्लबविरुद्धको फाइनल खेलको निर्धारित् ७० मिनेटसम्म दुबै पक्षबाट कुनै गोल हुन सकेन ।

खेल अवधिभर प्रहरीले सशस्त्रलाई दबाबमा राख्न सफल भयो । तर, त्यसपछिको ‘ट्राइब्रेकर’मा सशस्त्र ४–२ ले विजयी भयो ।

टाइब्रेकरमा सशस्त्रकी लक्ष्मीकुमारी पौडेल, मञ्जु दोङ, अनिता केसी र सिर्जना चेम्जोङले गोल गरे ।

सशस्त्रकी तारा थिङले गरेको पेनाल्टी सुट पोलमा ठोक्किएर बाहिरिएको थियो ।

त्यसैगरी, प्रहरीका तर्फबाट टिम क्याप्टेन धीमकुमारी गुरुङ र सिर्जना खड्कालेमात्र गोल गर्न सके ।

प्रहरीको तर्फबाट एलिजा शाहले गरेको प्रहार सीधै पोस्टबाहिर गएको थियो । त्यस्तै, अमृता जैसीले गरेको प्रहार पनि सशस्त्रकी गोलरक्षक रुपा रानामगरले रोक्न सफल भइन् ।

मगर खेलको उत्कृष्ट ‘फाइनलिस्ट’ घोषित भइन् ।

त्यस्तै, त्रिभुवन आर्मी मध्यमाञ्चललाई पराजित गर्दै तेस्रो हुँदै कास्यपदक जित्यो ।

प्रहरीकी निरु थापा प्रतियोगितामा ५ गोल गर्दै सर्वाधिक गोलकर्ता बनिन् ।

प्रतियोगितामा पाँच विकास क्षेत्र तथा तीन विभागीय गरी ८ टिमले सहभागिता जनाएका थिए ।