
सन् २०१४ को अप्रिलमा चिवोक शहरस्थित विद्यालयबाट उनीहरुसहित २ सय ७६ स्कूले किशोरी अपहरणमा परेका थिए ।
क्रिसमसको दिन घर आउन पाउनु चमत्कार भएको भन्दै उनीहरुले अपहरणपछि घर फर्कने आशा मारेको बताएका छन् ।
स्वीट्जरल्याण्ड र अन्तर्राष्ट्रिय रेडक्रसले बोकोहरामसँग वार्ता गरी उनीहरुलाई गत अक्टोबरमा रिहा गराएका थिए ।
त्यसयता ती किशोरीलाई नाइजेरियाली सरकारले कुराकारीका लागि भन्दै गोप्य स्थानमा राखेको थियो । अधिकांश चिवोक किशोरी क्रिश्चियन हुन् भने अपहरणमा रहेको बेला उनीहरुलाई जबर्जस्ती इस्लाम बन्न बाध्य पारिएको थियो ।
केहीको लडाकुसँग विवाहसमेत गराइएको थियो । अपहरणमा परेका बाँकी १ सय ९७ किशोरीेको अवस्था भने अझै अज्ञात छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्