२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढ्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले बढेर ५२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य शुक्रबार ५१ हजार ८ सयमा स्थिर रहेको थियो ।

चाँदीको मूल्य भने ५ रुपैयाँ घटेर ७ सय ५० मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंस ११ सय ३३ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।