
क्रिसमस मनाउन धेरै विदेशी पर्यटक पोखरा जाने गरेपनि यस वर्ष अपेक्षा गरिएअनुसार पर्यटक नआएको होटल व्यवसायीहरुले बताएका हुन् ।
क्रिसमसको अवसर पारेर पर्यटकीय नगरी पोखराका होटलहरुलाई झकिझकाउ पारिएको छ । लेकसाइडका अधिकांश रुखहरु झिलिमिली बत्तीले सिंगारिएका छन् भने होटल, रेष्टुरेन्टमा क्रिसमस ट्री सजाइएको छ ।
यस्तै अंग्रेजी नयाँ बर्षको स्वागतार्थ रेष्टुरेन्ट एण्ड बार एसोसिएसन रेवान पोखराले सडक महोत्सव गर्दैछ ।
पुस १३ देखि १७ गतेसम्म आयोजना गर्न लागेको १८ औं पोखरा सडक महोत्सवको तयारी करिब पूरा भएको आयोजकले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्