ग्रामिण स्वास्थ्य संस्थाको बिजोग, सेवाग्राही हैरान « Image Khabar


ग्रामिण स्वास्थ्य संस्थाको बिजोग, सेवाग्राही हैरान


Imagekhabar
११ पुष २०७३, सोमबार ०९:५९

जिल्लाका अधिकांश गाविसका उपस्वास्थ्य, स्वास्थ्य चौकीमा अहिले औषधिको अभाव भएको कार्यालयमा कार्यरत कर्मचारी बताउँछन् ।

ग्रामिण भेगका स्वास्थ्य संस्थामा ४३ प्रकारका औषधि निःशुल्क रुपमा विरामीलाई वितरण गरिनुपर्ने भएपनि अहिले ती स्वास्थ्य संस्थामा ६ प्रकारका औषधि पनि पर्याप्त नभएको सराङडाँडा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र बस्नेत बताउँछन् ।

यस्तै जिल्लाको स्वास्थ्य संस्थाहरुमा ३ सय १७ जनाको दरबन्दी रहेपनि सो अनुसार जनशक्ति नरहेको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

जिल्लाका अधिकांश स्वास्थ्य संस्थाहरु पियन र अहेवको भरमा संचालन भइरहेको सेवाग्राही बताउँछन् ।

जिल्ला अस्पताल पाँचथरका प्रमुख डाक्टर पवनकुमार शाहले टेन्डर प्रक्रियाको कारण औषधि ल्याउन ढिलाई भएको भन्दै अबको एक हप्ताभित्र आइसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्