३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


सातौं राष्ट्रिय खेलकुदः विभागीय टोलीहरुकै दबदबा


0
Shares

एथ्लेटिक्सको ट्र्याक एण्ड फिल्ड ईभेन्ट्समा दबदबा बनाएका विभागीय खेलाडीहरुले अरु खेलमासमेत वर्चश्व जमाएका छन् ।

आइतबार एकै दिन १२ स्वर्ण पदक जितेको त्रिभुवन आर्मी क्लव पदक तालिकाको शिर्ष स्थानमा छ । उसले अहिलेसम्म कुल १७ स्वर्ण पदक जितेको छ ।

९ स्वर्ण पदक जितेको पुलिस क्लव दोस्रो स्थानमा छ भने ६ स्वर्ण पदक हात पारेको सशस्त्र प्रहरीको एपिएफ टिम तेस्रो स्थानमा छ । चौथो स्थानको मध्यमाञ्चलले ५ स्वर्ण पदक जितेको छ ।